क्यान्सर अस्पतालमा २ सय ५० शैया थपियो

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी (संहिता) ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र ?” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उहाँले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताउनुभयो ।

मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उहाँले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताउनुभयो

Back to top button