एन आइ सी एसिया बैंकको नयाँ शाखा डुम्रेमा उदघाटन, एटिएम सेवा पनि आजैबाट शुरु 

 

तनहुँ,

तनहुँको डुम्रेबजारमा आज एन.आइ.सी. एसिया बैंकको नयाँ शाखाको औपचारिक रुपमा उदघाटन गरिएको छ । बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालबाट शाखाको उदघाटन बन्दीपुर १, डुम्रेबजारमा गरिएको हो । बैंकले २०७४ फागुन १३ गतेदेखि अनौपचारिक रुपमा डुम्रेबजारमा शाखा खोलेको थियो । वैंकका शाखा प्रवन्धक बलराम लम्सालका अनुसार हालसम्म यस शाखाले २००० सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको छ भने ६ महिनाको यो छोटो अवधिमै बैंकले १२ करोड ऋण प्रवाह गरिसकेको छ भने १६ करोड डिपोजिड गरिसकिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विस्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१शाखा कार्यालयहरु, २३८ एटिएम, १४ एक्स्टेन्सन काउन्टर एवं १८ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको र बैंकको वासलातको आकार १८३ अर्वभन्दा बढी पुगेको  एवं कुल निक्षेप १५५ अर्व र कर्जा १२७ अर्व पुगी निजी क्षेत्रको सवैभन्दा ठूलो बैंक बन्न सफल भएको बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

डुम्रे शाखाको उदघाटन कार्यक्रममा महेन्द्रपुल शाखाकी शाखा प्रमुख स्वेता शेरचन, गोरखा शाखाका शाखा प्रमुख राजेन्द्र पुडासैनी लगायतकाको उपस्थिति रहेको थियो ।

एन.आई.सी. एशिया बैंक लिमिटेडले हाल न्यु प्रिमियम समून्नती बचत खातामा दैनिक मौज्जादमा बार्षिक ७ प्रतिशतका दरले र १ वर्षे मुद्दति खातामा बार्षिक १०.५० प्रतिशतका दरले ब्याज दिदै अइरहेको छ । बैंकले SMS Banking, Internet Banking, ATM Visa Card, Missed Call Banking जस्ता सेवाहरु पनि उपलब्ध गराउदै आइरहेको छ ।

Back to top button