तनावग्रस्त कञ्चनपुरमा पाँच घण्टाका लागि मात्र कर्फ्यू हटाइयाे

काठमाडौं,

कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ। आज साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू हटाइएको हो।

त्यस्तै सोमवार विहान अर्को आदेश नआएसम्म कर्फ्यू निरन्तर हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले जानकारी दिए।

नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आज बिहान ५ बजेदेखि १० बजेसम्मलाई खुल्ला गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुन घटनाको अनुसन्धान गर्नको लागि डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकिएको छ। यसअधि प्रहरी निरिक्षक एकेन्द्र खड्का अनुसन्धान अधिकृत थिए। खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

प्रहरीले आइतवार स्थानीयवासीसँग घटनाको बारेमा जानकारी समेत लिएको छ।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।

निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेको छ। उनीहरुलाई सोमबार अदालतमा उपस्थित गराउने अदालतको तयारी छ। एसपी कठायतले भने, आज सार्वजनिक विदा भएकाले अदालतमा उपस्थित गराउन सकेनौं भोलि अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गर्छौं।

Back to top button