खुला तीज गीत प्रतियोगिता कार्यक्रम २०७५,च्याङ्ली मा

पृष्ठभूमि
तीज हिन्दु महिलाहरुको महान चाडको रुपमा मानिंदै आएको सन्दर्भमा यसको महत्व तथा ऐतिहासिकतालाई संरक्षण र संवर्धन गर्न हरेक बर्ष आ आफ्नो स्थानहरुमा कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता देखिन्छ । यसै अनुरुप यस पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा विगत केही वर्ष अघिदेखि निरन्तर रुपमा कार्यक्रम हुँदै आएको सर्वविदितै छ । हरेक वर्ष १०/ १५ वटा महिला समूहहरुको प्रतिस्पर्धा हुने गरेकोमा यस वर्ष अझ बढी प्रभावकारी बनाउँदै बढी भन्दा बढी सहभागिता गराई प्रतिभा प्रस्फुटन गराउनुका साथै साँस्कृतिक परम्परालाई समेत जोगाउने अभियानमा टेवा पुर्याउने उद्धेश्यका साथ यस वर्ष पनि अभियानलाई निरन्तरता दिन प्रतिवद्धतासहित यो प्रस्तावना पेश गरेका छौं । ं
कार्यक्रमका मुख्य उद्धेश्यहरु ः
 महिलाहरुको प्रतिभा प्रस्फुटन संगै साँस्कृतिक परम्परा जगेर्नामा जोड दिने ।
 महिला लगायत समाजका सवैलाई सचेत गराउने ।
 स्थानीय स्तरमा रहेका कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने ।
 मनोरञ्जनको साथै लोक संस्कृतिको जगेर्ना गर्दै स्थानीय कलाकारहरुलाई अवसर तथा प्रोत्साहन गर्ने ।
कार्यक्रमका मुख्य आकर्षणहरु ः
 अधिक महिला समूहहरुको सहभागिता (करीब २५ वटा समूहको सहभागिता हुने ) ।
 स्थानीय कलाकारहरुको प्रस्तुति उजागर ।
 सांस्कृतिक नृत्य तथा लोकदोहोरी कार्यक्रम ।
 कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी प्रचार प्रसार गर्ने ।
 स्थानीय टेलिभिजनबाट समेत प्रसारण गरिने ।
 सहयोगीहरुलाई सम्मान आदी

कार्यक्रमका सहभागीहरु ः
यस पालुङ्टार नगरपालिकाको वडा नं. ७ च्याङ्ली बिरुवाटारमा यस अघि पनि विगत केही बर्षअघिदेखि निरन्तर रुपमा तीज गीत प्रतियोगिता हुँदै गइरहेको छ । यस अवस्थामा गत वर्षहरुको अनुभवका आधारमा हेर्दा पालुङ्टार ७ का सवै टोलहरुबाट र छिमेकी जिल्ला तथा वडाहरुबाट समेत गरी करीब २००० जनाले कार्यक्रमको अवलोकन गर्नेछन । साथै राष्ट्रिय स्तरका नाम चलेका कलाकारहरुको समेत प्रस्तुती गराउन सक्दा कार्यक्रम पूर्ण रुपमा मनोरञ्जनात्मक हुने पक्का छ ।
कार्यक्रममा लाग्ने अनुमानित खर्च विवरण ः

1. प्रारम्भिक छलफल तथा योजना निर्माण रु.५,०००।–
2. विज्ञापन तथा प्रचार प्रसार रु.२०,०००।–
3. स्टेज निर्माण खर्च रु.२०,०००।–
4. साउण्ड सिस्टम खर्च रु.२०,०००।–
5. खाजा तथा खाना खर्च रु.२५,०००।–
6. भिडियो निर्माण तथा प्रसारण खर्र्च रु.२५,०००।–
7. अतिथि सत्कार खर्च रु.२०,०००।–
8. मायाको चिनो रु.४०,०००।–
9. सञ्चार खर्च रु. १५,०००।–
10. प्रशाशनिक खर्च रु.१०,०००।–
11. पुरस्कार तथा अन्य खर्च रु.४५,०००।–
12. निर्णायक मण्डल खर्च रु.४५,०००।–

जम्मा खर्च रु.२,८०,०००।–

कार्यक्रममा सहयोग गर्नेहरुलाई मायाको चिनो तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

आयोजक
च्याङ्ली स्पोर्ट क्लब
का साथमा
सक्रिय महिला समूह
पालुङ्टार नगरपालिका वडा नं. ७,
www.gorkhasansar.com का साथमा
प्रवद्र्धक ः
पालुङ्टार नगरपालिका वडा नं. ७,च्याङ्ली, गोरखा ।

कार्यक्रम हुने मितिः २०७५ साल भाद्र २७ गते तीजको दिन
समय ः विहान १० बजे
स्थान ः बिरुवाटार खेल मैदान
कार्यक्रम संयोजक ः सन्तोष थापा
संपर्क नं. ९८०३१५३२३६(सन्तोष थापा), ९८०६६६८७७१ (शुसलिा श्रेष्ठ), ९८४६१०६४८०
(रविन्द्र कंडेल) ९८४६२३३८४१ (मान बहादुर थापा)
प्रायोजनसम्बन्धी व्यवस्था ः
यस तीज गीत प्रतियोगिताको प्रायोजन गर्न चाहने संघसंस्था, कम्पनी वा फर्मले आयोजकलाई रु.६५,००० र सह प्रायोजन गर्न चाहनेले रु. ३५,००० आयोजकलाई भुक्तानी दिनुपर्नेछ ।

 प्रायोजको नाम कार्यक्रम अवधिभर मुख्य ब्राण्डको रुपमा समावेश गरिनेछ ।
 प्रायोजक संस्थाको प्रतिनिधीलाई बिशेष अतिथिको रुपमा कार्यक्रममा आमन्त्रण गरिनेछ ।
 सह प्रायोजक संस्थाको प्रतिनिधीलाई अतिथिको रुपमा आमन्त्रण गरिनेछ ।
 रेडियो विज्ञापन र www.gorkhasansar.com मा प्रायोजक र सह प्रायोजकको नाम उल्लेख गरी प्रचार प्रसार गरिनेछ ।
 कार्यक्रम स्थल वरपर प्रायोजक र सह प्रायोजकको प्रदर्शनी कक्ष राख्न चाहेमा सो को व्यवस्था मिलाइनेछ ।
 कार्यक्रमको मूलद्धारमा प्रायोजकको नाम उल्लेख गरिनेछ ।
 कार्यक्रम स्थल वरपर प्रायोजक र सह प्रायोजक बाहेक अरुलाई विज्ञापन तथा प्रचार प्रसार गर्न दिइने छैन ।
 स्टेज व्यानरमा प्रायोजक र सहप्रायोजकको नाम उल्लेख गरिनेछ भने प्रायोजकको विज्ञापन समेत उल्लेख गरिनेछ ।
 प्रायोजक र सहप्रायोजक लाई कार्यक्रममा मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ ।

सहयोगीहरुका लागी ः
यस तीज गीत प्रतियोगिताको लागी सहयोग प्रदान गर्नेहरुको नामावलीसहित आम्दानी खर्च विवरण सार्वजनिक गरिनेछ भने रु.५००० भन्दा माथि सहयोग गर्नेहरुको नामावली धधध।नयचपजबकबलकबच।अयm मार्फत समेत सार्वजनिक गरीनुका साथै प्रशंसा पत्र सहित सम्मान गरिनेछ ।
पुरस्कार प्रायोजन गर्नेहरुको नामावली विज्ञापनमा समेत समावेश गरिनेछ । साथै रु.१०,००० वा सो भन्दा माथि सहयोग गर्नेहरुको नामावली स्टेज व्यानरमा समेत सहयोगी को रुपमा उल्लेख गरिनुका साथै प्रशंसा पत्रद्धारा सम्मान गरिन्छ ।

नोटः कार्यक्रमबाट संकलित रकमको सम्पूर्ण फेहरिस्त www.gorkhasansar.com मार्फत सार्वजनिक गरिनेछ र बचत रकम सामाजिक हितका कार्यमा लगानी गरिनेछ ।
स्टेज व्यानरमा उल्लेख गरिने सहयोगीहरुको जानकारी भाद्र २२ गतेभन्दा ढिलो नगरीकन आइपुग्नुपर्नेछ ।

Back to top button