

निमोठीन्छ कोपिलाहरू चुडिन्छ वोटवाट
दुख्दैन मेरो सरकार जनताको चोटवाट।
हत्या बलत्कार किन मौलायो यसरी यहां
न्यायको आशा भएन त्यो कालो कोटवाट।
छुट्छन बलत्कारी निर्दोषहरू जेल चलान
कि सरकार चलेका छौ तिनैका नोटवाट ।
नसुन्ने चित्कार अवलाको कति रोए होला
ढुङ्गाको मन हो कि बनेको छ ढलोटवाट।
मेटाउन प्यास मेटाई जीवन कोपिलाको
चल्छ मान्छे खै कस्तो घिनलाग्दो अठोटवाट।