नवलपरासी समाज जापानले “दोश्रो तीज धमाका” कार्यक्रम गर्ने

टोकियो अगस्ट २६ बिस्वास आचार्य ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको तयारी तिब्र गरेको छ ।

  • समाजले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा गर्ने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायीका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति रहने अायोजकले बताएको छ ।
    कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागि नेपाल फेस्टिबलबाट कलाकार भएको पोस्टर सहित कार्यक्रमको बिभिन्न स्टलहरुमा पुगेर सामुहीक फोटो खीची सबै लाई निम्तो दिदै प्रचार प्रसार गरेको छ । नेपालबाट अामन्त्रीत कलाकारहरुको भिषाको व्यवस्था पूरा भएको नवलपरासी समाज जापानका सदस्य तथा गायक सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
Back to top button