च्याङ्लीमा अस्थायी प्रहरी चौकी स्थापना गरिनेः प्र.जि.अ. भट्टराइ

गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ ठाँटीपोखरीस्थित इलाका प्रहरी कार्यालयको सहकार्यमा जिल्ला प्रहरी कार्यालय गोरखाले ठाँटीपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यस नगरपालिकाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नगरपालिकाको वडा नं. ७ च्याङ्लीमा अस्थायी प्रहरी चौकी स्थापना गरिने बताउनुभयो । सोही अवसरमा बोल्दै उहाँले कुनै पनि राजनैतिक दलको दवावमा नपरी सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक विमल वस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख इन्जिनियर दिपक बाबु कंडेल, उपप्रमुख पम्फा बसेल लगायतकाको उपस्थिति रहेको थियो भने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज रोशनराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

जसमा प्रहरी उपरीक्षक बस्नेतले समग्र गोरखा जिल्लाको शान्ती सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

Back to top button