
भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा १५ करोडको लगानीमा स्थापना भएको नयाँ भरतपुर रेडिमिक्स एण्ड प्रिकाष्ट कंक्रिट उद्योगले सोमबारबाट उत्पादन सुरु गरेको छ ।
उद्योगले प्रतिघण्टा ६० घनमिटर कंक्रिट उत्पादन गर्ने ंसञ्चालक सुदीपसिंह अधिकारीले जानकारी दिए । आवासीय घर, व्यवसायिक ठूला महलहरु, सडक, पुललगायतमा ढलान गर्न आवश्यक पर्ने कंक्रिट उत्पादन गरी चितवन, हेटौंडा, बुटवल र दमौलीसम्म सेवा उपलब्ध गराउने लक्ष्य रहेको अधिकारीले बताए ।यस उद्योगबाट उत्पादित कंक्रिट प्रयोग गर्दा गुणस्तरीय ढलान हुनुका साथै उपभोक्ताको समयको समेत बचत हुनेछ ।
गुणस्तरीय उत्पादनका लागि जर्मनी कम्पनीका अत्याधुनिक मेशिन तथा उपकरणहरु प्रयोग गरिएको धितालले जानकारी दिए । ३० तलासम्मको ढलानलाई सजिलै कंक्रिट माथि पठाउन सक्ने उद्योगले जनाएको छ । उद्योग सञ्चालनको लागि २५ जना उद्यमीले १५ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ । उद्योगले झण्डै एक सय जनालाई रोजगारी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।