मानव विकास क्रम र दलित समुदाय लोकार्पण

दमौली , भदौ २ गते ।
युवा लेखक विनोद कुमार विक (विकास)द्वारा लिखित ‘मानव विकास क्रम र दलित समुदाय’ नामक खोज मुलक पुस्तकको शनिबार लोकार्पण गरिएको छ । उक्त पुस्तकमा दलित समुदायका बारेमा खोज मुलक सामग्रीहरु समावेश गरिएको छ ।
डिकुरा पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित उक्त पुस्तकको संघीय मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले लोकार्पण गरे । उक्त कार्यक्रममा बोल्दै मन्त्री चुमानले छुवाछुत प्रथा अन्त्यको लागि बहस भन्दा पनि आन्दोलन गर्नुपर्ने बताए । उनले हजारौँ तर्क भन्दा एउटै आन्दोलन बलियो हुन्छ भन्दै विचारले जित्न नसकेको कुरालाई युद्ध जित्ने बताए । कानुन लेखेर मात्रै छुवाछुतको अन्त्य नहुने हुँदा अभियानको रुपमा चेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने मन्त्री चुमानको भनाई छ ।
लेखकका पिता थर्क बहादुर विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान, गण्डकी प्रदेशकी सांसद आशा कोइराला, नेकपाका केन्द्रिय सदस्य पिएल श्रेष्ठ, नेपाली कांग्रेसका सहसचिव केश बहादुर सुनार, कृष्ण रुचाल, नेकपा नेता विष्णभक्त सिग्देल, राजेन्द्र केसरी न्यौपाने, गितल प्रतिष्ठान नेपाल एवं नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी लगायतले कानुनले छुवाछुत दण्डनिय भए पनि व्यवहारमा कार्यान्वयनमा ल्याउन कठिन भई रहेकोले चेतना मुलक कार्यक्रम गर्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । उक्त पुस्तकमा दलित समुदायका बारेमा खोज मुलक सामग्रीहरु समावेश गरिएको छ । कृतिमा डा. इश्वरचन्द्र वाग्ले टिप्पणी गर्नु भएको थियो । सो अवसरमा डा.वाग्लेले दलित सम्बन्धि अनुसन्धान गर्ने विद्यार्थीलाई पुस्तकले मद्धत पुग्ने धारणा राख्नुभयो ।

Back to top button