समाजको विकृति र विसंगति विरुद्ध तनहुँ बन्दिपुर ५ का महिलाहरु एकजुट हुने

डि.पि. अधिकारी, तनहुँ ।
 तनहुँको बन्दिपुर गा.पा.वडा नं. ५ का महिलाहरु समाजको विकृति र विसंगति विरुद्ध एकजुट हुने भएका छन् । वडा नं.५ले आयोजना गरेको एक कार्यक्रममा विभिन्न महिला समूहमा आवद्ध महिलाहरुले समाजमा हुने विकृति र विसंगति विरुद्ध एकजुट हुने प्रतिवद्धता व्यक्त गरेका हुन् । वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेको अध्यक्षतामा याम्पाफाँटमा आयोजित कार्यक्रममा स्थानीय सयपत्री आमा समूह, प्रगतिशिल महिला समूह, गतिशिल आमा समूह, सृजनशील महिला समूूह, लालीगुराँस महिला समूह, सरस्वती आमा समूह, प्रगति दलित महिला समूह, जनजागृति आमा समूह र मखमली आमा समूहमा आवद्ध महिलाहरुले समाजमा हुने जुवातास, लागुऔषध, जाँडरक्सी, झै–झगडा लगाएतका विकृति र विसंगति विरुद्ध सवै महिलाहरु एकजुट हुँदै यसको विरुद्ध चेतना जगाउँदै न्यूनिकरण तर्फ ध्यान दिन अनुरोध गरेका छन् । कार्यक्रममा महिलाहरुले सचेतना जगाउने खालका कार्यक्रममा स्थानीय निकायले सहयोग र सहकार्य गर्न समेत माग गरेका छन् । त्यसैगरी वडालाई पूर्ण सरसफाई राख्न सरसफाई अभियानलाई निरन्तरता दिने निर्णय भएको प्रगति महिला समूहकी अध्यक्ष तथा समाजसेवी महिला नेतृ रीता तिवारीले जानकारी दिनुभयो ।

Back to top button