
जनताको शासन आएपछी कर बढेछ
गाऊमा हिलो धुलो सायद शहर बढेछ ।
खै के भाको घर नजिक छ मन
टाढा टाढा एउटै कोखका दाजुभाईमा चर बढेछ ।
राखेर बाझो खेत अनि बारी गाऊ गाऊमा
नयां घर र वाटो चोकमा सटर बढेछ ।
सिंहदरबार भन्थ्यौ आएछ राजदरबार
गाऊ गाऊमा महाराजको सफर बढेछ ।
भन्थ्यौ ठिक पार्छु उठ्न नसकेको देशलाई
व्याथा उस्तै छ केवल तिम्रो मन्तर बढेछ ।
कुमार राना
गोरखा ।