गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ


गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ४ को बाह्रपिर्के चोकमा हिजो विहान १० बजे चेकिङ गर्ने क्रममा पालुङ्टार नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ठाँटीपोखरी ले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा सोही स्थान वस्ने २४ वर्षका अमृत श्रेष्ठलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रमुख पौडेलले बताउनुभयो । रोडमा व्याग बोकेर हिडेका सो युवामाथि शंका लागेर चेक गर्दा निजको झोलाबाट २।२ एम.एल.का लागुऔषध सि.सि.हरु फेनेरागन-१२ सि.सि., नुफिन -१३ सि.सि.र सरीजैक -१३ सि.सि. फेला परेको बताउनुभयो । पक्राउ परेका श्रेष्ठलाई हिजो नै स्थानीयको रोहबरमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको समेत प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

Back to top button