
साउन २९, गोरखा ः नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर गोरखामा पनि परेको छ । सडकमा बन्द कर्ताहरु नदेखिएपनि गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी ठप्प भएको छ । त्यस्तै बजारहरु समेत पूर्ण रुपमा बन्द छन् । फ्याट्ट फुट्ट मोटरसाइकल चलेपनि अन्य सवारी नचलेको यातायात ब्यवसायी समितिले जनाएका छन् । बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् ।
केही दिन अघि देखि नै बन्दको हल्ला फैलिएकाले मंगलबार गोरखाका कुनै पनि निजी तथा सरकारी विद्यालयहरुमा समेत पढाइ ठप्प भएका छन् । निजी तथा सरकारी स्कूलका बसहरु समेत चलेका छैनन् । विप्लबको पार्टीले केही दिन प्रबक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गरिएको विरोध नेपाल बन्द घोषणा गरेको हो । प्रकाण्डको रिहाई नभएसम्म आन्दोलन चलिरहने विप्लव समूहले विज्ञप्ती जारी गरेर जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले कुनै ब्यवसायीले बस सञ्चालन गने जानकारी दिए प्रहरीले स्कटिङ गरेर गन्तब्य सम्म पु¥याउन मद्दत गर्ने जनाएको छ । ‘ब्यवसायीहरुले यात्रुलाई सेवा दिन भनेर बस चलाउने जानकारी दिए हामी स्कटिङ दिन तयार छौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले भने ‘ब्यवसायीहरुमा बन्द भनेपछि त्रासको मानसिकता बढेकोले अहिले गोरखाबाट छुट्ने कुनै पनि सवारी चलेका छ्रैनन् ।’