नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)चितवन शाखाले दुई पत्रकारलाई सम्मान गर्याे

चितवन- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)चितवन शाखाले दुई पत्रकारलाई सम्मान गरेको छ । १९ औं स्थापना दिवसको अवसरमा फोनिजले कान्तिपुर टेलिभिजनका नवराज मिश्र र नागरिक दैनिककी सविता श्रेष्ठलाई सम्मान गरेको हो । भरतपुर गार्डेन रिसोर्टमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले १९ वर्ष पुरा गरेको फोनिजलाई बधाई ज्ञापन गर्दै आदिवासी जनजाति समुदायको मुद्धा उठानमा खेलेको भुमिकाको प्रशंसा गरे । यस्तै कार्यक्रममा बोल्दै प्रदेश साँसद रामलाल महतोले उनले फोनिजले अझै प्रगति गरोस् भनि शुभकामना व्यक्त गर्दै आगामि दिनमा आफू व्यक्तिगत रुपमा फोनिजलाई हरतवरले सहयोग गर्ने प्रतिवद्धता जनाए ।उनले आदीवासी जनजातीको मात्र नभई सबै बर्ग समुदायको सकरात्मक समाचारलाई प्राथमितामा राख्न सुझाव दिए । यस्तै अर्को प्रदेश साँसद मिलनबाबु श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरु संगठित हुनु राम्रो भएको फोनिजको गतिविधि अझै शसक्त बनाउन आफूले व्यक्तिगत र संस्थागत रुपमा फोनिजलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष सुरविर थापा मगरले आदिवासी जनजाति समुदाय अझै पनि आन्दोलनमा रहेको भन्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा गरे । फोनिजले आज देशैभर विभिन्न कार्यक्रम गरि १९ औँ स्थापना दिवस मनाईरहेको छ ।

Back to top button