चुर्लुम्म १५ कराेड, जोखिममा जनता

 

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा पुन निर्माण प्राधिकरणद्धारा निर्माण शुरु भएको भवनको काम अलपत्र भएसंगै सो स्थानमा जोखिम बढदै गएको छ । प्राधिकरणले करीब १ वर्षअघि पालुंटारका सुकुम्बासी १३० परिवारलाई बस्न मिल्ने गरी भवन निर्माण गर्ने उद्धेश्यका साथ सो कार्यको थालनी गरिएको थियो । निर्माणस्थलमा हाल जताततै ढुङ, गिटी थुपारिएको छ भने पिल्लर निर्माणको लागी बनाइएका ठूला ठूला खाडलहरुमा पानी जमेर हाल पोखरी बनेको छ । उक्त स्थान हुँदै जाने बाटो समेत लगभग अवरुद्ध बनेको छ । पोखरी बनेको ठाउँमा कुनै घेराबार गरिएको छैन जसका कारण कुनैपनि बेला जनधन तथा पशु चौपायाहरु को क्षति हुनसक्ने देखिएको छ । यस्तो अवस्थामा पनि कसैको ध्यान जान नसकेको भन्दै स्थानीयहरु आक्रोशित बन्न थालेका छन । 

भवन निर्माण कार्य रोकिएकोमा आफूलाई दुःख लागेको नगर प्रमुख दिपक बाबु कंडेलले बताउनुभयो । उक्त स्थानमा सो भवन निर्माण गरी सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न सकेमा पालुंटारको सम्वृद्धिको लागी महत्वपूर्ण हुने उहाँको भनाई रहेको छ । प्राधिकरणले गतवर्षको फागुनको पहिलो हप्ता पत्र लेख्दै काम रोक्न निर्देशन दिएपछि दुई करोड रुपैयाँ खेर गएको छ। ‘काम रोक्न भन्ने व्योहोराको पत्र अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट आयो,’ शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने, ‘सोही पत्र अनुसार हामीले ठेकेदारलाई काम रोक्न भनेर भनेका छौँ।’ काम रोकिएपछि भुक्तानी माग काम रोकिएको जानकारी पाएपछि निर्माण कम्पनीले अहिलेसम्म भएको कामको मूल्यांकनको आधारमा भुक्तानी माग गरेको छ। ‘काम रोक्ने निर्देशन आएपछि हामीले पनि काम रोक्न भनेर निर्माण कम्पनीलाई भन्यौँ’ प्रमुख श्रेष्ठले भने, ‘उसको लगानी भइसकेको छ। उसले अहिलेसम्म कति लगानी भएको छ। त्यो रकम भुक्तानी दिनुपर्ने भनेर माग गरेको छ।’ संयुक्त आवास भवन दुई वटा क्लस्टरमा निर्माण सुरु भएको थियो। दुई वटा आवास गृह बनाउने योजना बनाइएको थियो । भवन निर्माणका लागि १२ रोपनी जग्गा पालुङटार नगरपालिका च्याङ्लीमा उपलब्ध गराएको छ।

भवन निर्माणको लागी भनेर २ करोड खर्च भैसकेको अवस्थामा निर्माण कार्य रोकिनु दुखद भएको नगरपालिकाकी उपमेयर पम्फा बसेलले बताउनुभयो । उक्त स्थानमा भवन निर्माणको पूर्वाधार तयार भैसकेको कारण त्यस स्थानमा सोही भवन निर्माण नहुने अवस्थामा अन्य प्रयोजनमा ल्याउन सक्ने गरी सदुपयोग गर्नुपर्नेमा उपमेयर बसेलले जोड दिनुभयो । प्राधिकरणकै योजनामा निर्माण हुन लागेको भवन पुनः प्राधिकरणकै निर्देशनमा रोकिनुले निर्माण स्थगन रहस्यमय बनेको छ । १५ करोड ५० लाख ९८ हजार २३७ रुपैयाँको लागतमा २०७६ साल पौष मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी श्याम सुन्दर निर्माण सेवा प्रा.लि.ले २०७४ असार ३० मा सम्झौता गरी काम शुरु गरेको थियो ।

भवन  निर्माण कार्य तत्काल अघि बढाउन नसक्ने हाे भने पनि सम्भावित खतरा न्यूनीकरणकाे लागी पनि साे क्षेत्र तुरून्त घेराबार गरी संरक्षण गर्न नसकेमा भाेलिका  दिनमा पछुताउन नपर्ला भन्न सकिन्न ।

gorkhasansar.com 

 

Back to top button