च्याङलीको ९ हेक्टर जमीनमा सिँचाई हुने

गोरखा ।
पालुङटार नगरपालिका वडा नं. ७ मा ९ हेक्टर जमीन सिँचाई को लागी सम्भाव्यता अध्ययन भएको छ । एसियाली बिकास बैंकको लगानीमा सिँचाईको लागी सम्भाव्यता अध्ययन गरिसकिएको र अब छिटै डि.पि.आर. तयार गरिने बताइएको छ । एसियाली बिकास बैंकका प्रतिनिधीहरुले पटक पटक आएर स्थलगत रुपमा अध्ययन गरिसकेपछि मर्स्याङ्दी नदीको पानीलाई लिफ्टिङ गरी माथि तानेर रिजर्व ट्याँकी बनाएर सिँचाइको लागी प्रयोग गर्न सकिने देखिएकाले डि.पि.आर.को लागी आफूहरु अघि बढेको सिँचाई प्रोजेक्टका बशिष्ठराज अधिकारीले बताउनुभयो । योजनाअनुसार काम भयो भने मर्स्याङ्दी नदीबाट पानी तानेर डोटीपिपल भञ्ज्याङमा ल्याई भण्डारण गरेर वडा नं.७ का मजुवा, डोटीपिपल, पूर्णेपिपल, तल्लोगाउँ लगायतका स्थानहरुका गरी करीब ९ हेक्टर जमीन सिँचाई गर्न सकिन्छ । सम्म भूभाग र बिकासको दृष्टिले महत्वपूर्ण यस वडामा उक्त योजना सफलतापूर्वक सम्पन्न गर्न सकेमा वडाको विकासमा निकै ठूलो टेवा पुग्ने वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker