

एन.आई.सी. एशिया बैंक लिमिटेड, गोरखा शाखाले शाखा कार्यालय रहेको स्थान हरमटारीमा नै सञ्चालनमा ल्याएको छ। २००० भन्दा बढि ग्राहक बनाइसकेको यस शाखाले ग्राहककै सेवा सूबिधालाई छिटो छरितो र सहज बनाउने उ२ेश्यले ATM राखिएको जनाएको छ । स्थापनाको छोटो समयमा नै यस शाखाले पर्यटन, कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा पनि विशेष प्राथमिकताका साथ लगानी गरिरहेको छ । यस बैंकको मुल उद्धेश्य नै गोरखा जिल्लाको साथ साथै व्यवसायी स्वयंको आर्थिक विकासमा सहयोग पूग्नेगरी कृषिको आधूनिकिकरण र दिगो पर्यटन विकासमा टेवा पूग्ने गरी व्यबसायीलाई आवश्यक पर्ने रकम उपलव्ध गराउने रहेको छ ।
एन.आई.सी. एशिया बैंक लिमिटेडले हाल न्यु प्रिमियम समून्नती बचत खातामा दैनिक मौज्जादमा बार्षिक ७ प्रतिशतका दरले र १ वर्षे मूद्धती खातामा बार्षिक १०.५० प्रतिशतका दरले ब्याज दिदै अइरहेको छ । बैंकले SMS Banking, Internet Banking, ATM Visa Card, Missed Call Banking जस्ता सेवाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । बैंकले हाल नेपाल भरी २३५ शाखा कार्यलय र २२६ ATM वाट सेवा दिईरहेको छ ।