गजल

जसको कल आएपनि, तिम्रै कल आए जस्तो
एउटै मिसकल पाएपनि लाखौ पाए जस्तो ।

भित्र भित्रै मन जल्दा, छट्पटिएर भौतारिदा
प्रचण्ड घाममा पनि शीतलता छाए जस्तो ।

जादुगर हेराई तिम्रो, कति वेला प्रहार गर्यौ
बेहोशी हु तिमीविना विष खाए जस्तो ।

सुनिरहु जस्तो लाग्ने, तिम्रो मधुर वोली वचन
रानीवनमा कोइलीले मीठो गित गाए जस्तो ।

सुहाउदो शरीर तिम्रो, हासको जस्तो चाल
जता जान हिडे पनि, मेरै तिर धाए जस्तो ।

Back to top button