उच्च तापक्रमका कारण जापानको जनजीबन प्रभावित आइतबारमात्रै २ जनाको ज्यान गयो

  1. उच्च तापक्रमका कारण जापानको जनजीबन प्रभावित आइतबारमात्रै २ जनाको ज्यान गयो।जापानको मौषम विभागका अधिकारीहरुले असामान्य संज्ञा दिएको अधिक तापमानका कारण आइतबार मात्रै जापानमा २ जनाको ज्यान गएको छ ।आईतबार तोकाई तथा कान्साई क्षेत्रमा ४० डिग्रि सेल्सियसको उच्च तापक्रम रहँदा नागोया र आईचीमा ३९ दशमलब ९ डिग्रिको तापमान रेकर्ड भएको छ । यसैगरि राजधानी टोकियोको तापक्रम पनि ३९ दशमलब ९ डिग्री सेल्सियस नै मापन भएको मौषम विभागले जनाएको छ ।

उच्च तापमानका कारण जापानको जनजीबन प्रभावित बनेको छ भने तरकारीजन्य उत्पादनमा आएको कमीका कारण तरकारीहरुको मूल्य बढेको छ । आज सोमबार पनि तापक्रम उच्च रहने भन्दै मौषम विभागका अधिकारीहरुले सचेत रहन आग्रह गरेका छन् । टोकियोबाट नजिकै पर्ने साइतामाको कुमागायामा जापानमा अहिलेसम्मकै उच्च तापक्रम ४१ दशमलब १ डिग्री सेल्सियस मापन भएको थियो ।

मौषम विभागका अधिकारीहरुले जापानको धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफुल खान तथा छाता र छहारीको प्रयोग गर्न सल्लाह दिएका छन् । तापक्रममा देखिएको अस्वभाविक वृद्धि अझै पनि कायमै रहेको छ। छालालाई स्वच्छ राख्न जापानी महिलाहरूले अपनाउने उपायहरूलाई सवैले अवलम्बन गर्न आग्रहसहित सचेतनामुलक कार्यक्रमहरूलाई सार्वजनिकस्थल, रेडियो तथा टेलिभिजनबाट प्रचार गरिएको छ।

Back to top button