पालुङटारमा बि.पि.काे सम्झना

नेपाली कांग्रेस पालुङटारले ३६ औं वि.पि.स्मृति दिवसको अबसरमा पालुङटारको ठाँटीपोखरीमा बिचार गोष्ठि सम्पन्न गरेको छ । नेपाली कांग्रेस पालुङटार नगर सभापति एवं उक्त बिचार गोष्ठिको समेत सभापति रहनुभएका नगर प्रमुख दिपक बाबु कडेलले बिचार गोष्ठिलाई सम्बोधन गर्नु हुँदै वि. पि. एउटा व्यक्ति नभएर आदर्श भएको भन्दै आफु उहाँको प्रेरणालाई स्मरण गर्दै अघि बढेको बताउनु भएको छ । उहाँले वि.पि. जहानीया राणा शासनको बिरुद्धमा नेतृत्वदाई भुमिकामा लडेको व्यक्ति, पञ्चायती व्यवस्थाको विरुद्धमा लडेको व्यक्ति भएको र आफुहरु त्यस्तो आदर्श व्यक्तिको अनुयायी हुन पाउँदा छात्ती चौडा हुने बताउनुभएको छ । नगर प्रमुख कडेलले वि. पि.ले ३३ सालमा राष्ट्रिय मेलमिलापको निति लिएर देशमा फर्किनुभएको भन्दै उहाँले वि. पि.ले नै देशमा संसदिय प्रजातन्त्रको उदय गरेको स्मरण गर्नु भयो । एक फरक प्रसंगमा उहाँले शान्ती पुर्ण आन्दोलनको क्रममा बर्तमान सरकारले तरुण दलको सभापतिको टाउको फुटाएकोमा आपत्ती जनाउनुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ९ का वडा अध्यक्ष भेजराज पाण्डेले पार्टीमा गुठ उपगुठ मौलाएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गुठको राजनीतिले व्यक्ति हाबी हुने भन्दै हामीले व्यक्तिलाई भन्दा पनि सिङ्गो नेपाली कांग्रेस जोगाउनु पर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा देवानन्द न्यौपाने, धन प्रसाद श्रेष्ठ, चेतनाथ पन्त, विमल ढकाल, चेतकुमारी श्रेष्ठ, रुद्र खनाल, प्रेम बहादुर कोईराला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस नगर कार्य समितिका सचिब सरोज देबकोटाले गर्नुभएको थियो ।

Back to top button
Close