भरतपुर महानगरमा गोली चल्यो

 

 

चितवन, ९ साउन । चितवनको भरतपुर महानगरपालिकाले राजमार्गमा रिक्सा, अटो रिक्सा र ई–रिक्स हटाउने निर्णय गरेपछि यातायात मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रदशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच केन्द्रिय बस ट्रमिनल चोकमा झडप भएको छ ।

आज अटो व्यवसायीहरुले भरतपुर चितवन जिल्ला प्रशासन कार्यालय चोक अगाडी प्रदर्शन गरेका थिए । प्रर्दशनकारी उग्र भएर आडैको चौकीमा समेत आक्रमण गर्न थालेपछि १० राउण्ड हवाइ फायर र दर्जनौ अश्रु ग्यास प्रहार गरेको चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको चितवन प्रशासनले जनाएको छ । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको थियो ।
त्यसको विरोधमा बुधबार भरतपुर जिल्ला प्रशासन कार्यालय नजिक भएको प्रदर्शन तनावपूर्ण भएको थियो । प्रहरी चौकी अगाडीको एउटा मोटरसाइकल जलेको छ ।

प्रत्यक्षदर्शीका अनुसार सोही मोटरसाइकल जलाउनेलाई गोली लागेको हो । घटनाका विषयमा बुझ्नै बाँकी रहेका कारण गोली लागेकोबारेमा जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए ।
महानगरले साउन ५ गते शनिबारदेखि राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे गाडी चलाउन रोक लगाएउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा व्यवसायीहरुले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट निवेदन दिएका थिए । अदालतले सात गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो । सात गते अदालतको आदेश महानगरको पक्षमा आएको भन्दै ८ गते मंगलबारबाट राजमार्गमा तीन पाङ्ग्रे रोएिका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker