सूक्ष्म खोप योजना तर्जुमा गोष्ठी सम्पन्न

गोरखा

पालुङ्टार नगरपालिकामा नगर जनस्वास्थ्य कार्यालयको आयोजनामा सूक्ष्म खोप योजना तर्जुमा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । असार २९ र ३० गते भएको सो कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख राजकुमार पोख्रेलले ५० प्रतिशत बाल मृत्युदर कुपोषणका कारण हुने हुँदा त्यसतर्फ सवैको ध्यान जानुपर्ने बताउनुभयो ।

खोपसम्बन्धी विगत वर्षहरुको समीक्षा गर्दै आगामी वर्षको लागी प्रभावकारी योजना निर्माण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्री, नगर स्वास्थ्य कार्यालय पालुङ्टारका प्रमुख सुनिलजंग ठकुरी, दिपेन्द्र गिरि लगायतकाले सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्था प्रमुखहरु, महिला स्वास्थ्य स्वंयसेविकाहरु, सम्वन्धित सरोकारवालाहरु सहित गरी ५० जनको सहभागिता रहेको आयुर्वेद कार्यालय पालुङ्टारका प्रमुख हितकाजी श्रेष्ठले बताउनुभयो । कार्यक्रमबाट आगामी वर्षको लागी आवश्यक खोप योजना निर्माण गरिएको र उक्त योजनालाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सकेमा खोप व्यवस्थापनमा कोषेढुङ्गा सावित हुने सहभागीहरुले बताएका छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Back to top button
Skip Add
Close