धुवाँकोट सामुदायिक सिकाई केन्द्र गण्डकी प्रदेशकै उत्कृष्ट

गोरखाको पालुङटार नगरपालिका वडा नंं. ८ मा सञ्चालित धुवाँकोट सामुदायिक सिकाई केन्द्र गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । क्षेत्रिय शिक्षा निर्देशनालय पोखराको असार २६ गते बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेशभरिका ४१७ सामुदायिक सिकाइ केन्द्रहरुमध्ये विभिन्न सूचकहरुका आधारमा धुवाँकोट उत्कृष्ट भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका ठाकुरजी तिवारीले बताउनुभयो । २०६९ सालमा स्थापित सो सिकाइ केन्द्रले समुदायमा शिक्षा तथा सिप का विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । हाल सो केन्द्रको आफ्नै भवन रहेको छ भने साक्षरता तथा साक्षरोत्तर कक्षा सञ्चालन, पारिवारिक साक्षरता कार्यक्रम, बीउ पुँजी वितरण, झोल सावुन निर्माण, बालकक्षा सञ्चालन, अनौपचारिक प्रौढ विद्यालय सञ्चालन लगायत विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको सिकाई केन्द्रका अध्यक्ष एवं वडा न. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो । हाल सो सिकाई केन्द्रमा २१ वटा महिला समूहहरु आवद्ध रहेका छन भने ४९२ सदस्यहरु रहेका छन ।

Back to top button