अधिकांश भुकम्प पीडितले दोस्रो किस्ताको रकम पाएनन्

तनहुँ समाचारदाता
दमौली , साउन २ गते । भूकम्पीय आवास पुर्नर्निर्माण शाखा तनहुँले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानको तेस्रो किस्ता रकम वितरण थालेको छ ।
७९ जना लाभग्राहीलाई तेस्रो किस्ताको रकम भुक्तानी दिइएको इकाई शाखाका नायव सुब्बा रामहरी खनालले जानकारी दिनु भयो । खनालका अनुसार भवन डिभिजन गोरखाको सिफारिसका आधारमा प्रक्रिया पुगेका लाभग्राहीलाई तेस्रो किस्ताको रकम सम्बन्धित बैंक खातामा पठाई सकिएको छ । तेस्रो किस्ता १ लाख रुपैयाँ रुपैयाँ पाउने व्यवस्था छ ।
किस्ताको रकम ढिलो आएको भुकम्प पीडितको गुनासो छ । ‘किस्ता आउन ढिला भएकाले चर्को ब्याजमा ऋण खोजेर घर निमार्ण अघि बढाएको गुनासो बन्दीपुरका प्रेमबहादुर सार्कीले गर्नु भयो । शाखाका अनुसार तनहुँमा १३ हजार ८ सय २१ पूर्ण क्षेती ,आंशिक क्षेती ४ सय ६६ गरी १४ हजार ८ सय २७ जना भुकम्प पीडित रहेका छन् । जसमध्ये २ हजार ५ सय ९५ जनाले मात्रै दोस्रो किस्ता पाएका छन् । लाभग्राहीको सिफारिस सूचीमा परेका अधिकांशले दोस्रो किस्ताको रकम समेत पाएका छैनन् । तनहुँमा दोस्रो किस्ताको लागि ९० करोड रुपैयाँ मात्र सरकारले पठाएकोले सो रकम अपुग भएकाले सबै लाभग्राहीलाई भुक्तानी दिन नसकिएको र भुक्तानी दिनको लागि सिफारिस पठाई सकिएकाले एक हप्ता भित्रै पाउने गरी काम अघि बढिरहेको शाखाले जनाएको छ । तनहुँका १० वटै स्थानीय तहका १२ हजार ७ सय ५२ लाभग्राहीले पहिलो किस्ताको रकम पाइसकेका छन् । दोस्रो किस्ता र तेस्रो किस्ताको भुक्तानी पाउन ढिलाइ भएकाको कागजातको मूल्यांकन भइरहेको छ ।

Back to top button