बृहत बोल बम यात्रा हुने

तनहुँ समाचारदाता
तनहुँ , साउन २ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ ले सेती नदीको संगम स्थल दोभान देखी सोही नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ च्यवनधाम सम्म बृहत बोलबल यात्रा गर्ने निर्णय गरेको छ । आगामी श्रावण २१ गते सोमबार शुक्लागण्डकी ७ दोभान देखी च्यवनधाम गाछेपानी तिर्थालु भक्तजनहरुको कलश तथा झाँकी सहित बोलबम यात्रा हुने वडाले जनाएको छ ।
श्रावण महिना भगवान शिवको महिमाको महिना हुनाको साथै विगतका वर्षहरुदेखि गर्दै आएको बोल बम यात्रालाई निरन्तरता दिनको लागि बृहत बोलबम यात्रा गरिने भएको हो । यात्राको सहआयोजकमा च्यवनधाम मुल समारोह समिती रहेको छ । बोलबम यात्रा पश्चातधाममा बिदुषिहरुद्धारा कथा वाचन गरिनुका साथै १ सय ८ पिपल क्यारि निर्माण समेत गरिने मुल समारोह समितीका सचिव दुर्गाप्रसाद सापकोटाले जानकारी दिनु भयो ।
पञ्चेबाजा सहित कलस यात्रा सुरु गरि विदुषी सुधा पौडेलद्धारा कथा बाचन गर्ने आयोजकले जनाएको छ । वडा नम्बर २ का वडा सदस्य नर बहादुर पुनले धाम यस वडाकै आकर्षण रहेको र धाम यात्राले प्रचार÷प्रसारमा टेवा पुगि द्यार्मिक पर्यटक बढाउन मद्धत पुग्ने धाम कार्य समितीका अध्यक्ष सुमेन्द्र लालचनले विश्वास व्यक्त गर्नु भयो ।

Back to top button