एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७६ को साधारण सभा सम्पन्न

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ७६ गोरखाको १७ औं साधारण सभा समूहका संयोजक रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । महिला विकास शाखा गोरखाका प्रमुख शुशीला वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका सह संयोजक हरि प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी शुभकामना मन्तव्य राख्नेहरुमा नेपाल मानव अधिकार संगठन गोरखाका अध्यक्ष दिल बहादुर बस्नेत, मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदुप्रसाद अधिकारी, समूह ७६ का पूर्व संयोजक रविन्द्र कंडेल, संस्थापक एवं सल्लाहाकार पुरुषोत्तम अर्याल महिला समूह की अध्यक्ष विमला वाग्ले लगायतका रहेका थिए । कार्यक्रममा सचिव कमल लामिछानेले संस्थाको गतिविधी तथा प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रमेश श्रेष्ठले र्आिर्थक प्रतिवेदन पेश गर्नुभएको थियो ।

Back to top button