१४ औं राष्ट्रिय खुल्ला नकआउट ‘भानु कप’ फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न

  1. भन्सार युवा परिवारको आयोजनामा जारी १४ औं राष्ट्रिय खुल्ला नकआउट ‘भानु कप’ फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा फ्रेन्डसीप युवा क्लब “ए” खहरेले सामना युवा क्लब ए तुरतुरेलाई २ – ० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलका म्यान अफ दि म्याच खहरेका सुलेमान मगर घोषित भए । त्यस्तै दोस्रो खेलमा अलस्टार युवा क्लब आँबुखैरेनीले बौद्ध युवा क्लब ठुलोबगैँचालाई २ – ० गोलले पराजित गर्दै विजयी भएको हो । भने म्यान अफ दि म्याच अलस्टारका विशेष आले घोषि भएका छन् ।

    त्यस्तै आजकै तेस्रो खेल पोखरा – ११ र सालबिस्ने युवा क्लबबीच भएको थियो । निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपपछि ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा सालबिस्नेलाई ४ – ३ गोल अन्तरले पोखरा विजयी भएको छ भने म्यान अफ दि म्याच पोखराका दिप कार्की भए । चौथो खेलमा डुम्रे साँस्कृति युवा परिवार विजयी भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको हो । ट्राईब्रेकरमा चाम्बास युवा क्लब ए लाई डुम्रेले ६ – ५ गोलअन्तरले पराजित गरेको हो । उक्त खेलबबाट डुमे्रका उज्ववल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएको प्रसार प्रसार समितिका संयोजक विपिन श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५० हजार र द्धितिय पुरस्कार ७५ हजार रुपैयाँको साथमा ट्रफि , मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोल रक्षक , सर्वाधिक गोलकर्ता ,अनुशासित टिम तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई विशेष पुरस्कार दिईने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको छ । भानु रङ्गशालामा जारी प्रतियोगिता असार २९ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
Back to top button