अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण

 

राष्ट्रिय एकिकृत विकास संघ (निडा) लम्जुङ्गको आयोजना तथा श्रीमञ्ज्याङ्ग अपाङ्गता स्वावलम्वन समुहको सह–आयोजना र दोर्दी गाँउपालिका वडा नं – ३, वडा कार्यलयको आर्थिक सहयोगमा श्रीमज्याङ्ग भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाईं बाख्रा वितरण कार्यक्रम समुहका अध्यक्ष दिनेश चन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एव वडा अध्यक्ष ईन्द्र जित गुरुङ्गले मुलुकको सर्वाङ्गीण विकासको निमित्त सबै बर्ग, समुदाय, र जातजातिको समाुनपातिक विकास हुन जरुरी रहेको बताउदै कुनै एउटा वर्ग, समुदाय वा जातजातिको मात्र विकास भएर नपुग्ने र सही अर्थमा विकास शदियौ देखि पाखा लगाईएका, अन्याय र उत्पीडन सहेर बाँचेका जनताको निम्ती हुन आवश्यक रहेका र त्यस्ता समुदायलाई अगाडी ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । मुलुकमा पिछडिएर रहेका विभिन्न वर्ग, समुदाय मध्ये अपाङ्गता सबैभन्दा पछाडी परेकोले अपाङ्गता भएका व्यक्ति र परिवारमा आयआर्जन वृद्धि गर्ने हेतुले लक्षित बर्गको लागि बाख्रा वितरण कार्य अगाडी ल्याएको बताउनु भएको थियो । उनीहरुको पुनस्र्थापना र व्यवसायिक सीप तालिमका लागि वडा कार्यलय मार्फत सधै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।

अपाङ्गता प्रतिको परम्परागत नकरात्मक सामाजिक दृष्टिकोण र व्यवहारका कारण उनीहरु अत्यन्त कष्टकर र दुःखपूर्ण जीवन बाँच्नु पर्ने, अपमानित र तिरस्कृत पनि हुनु परेको जनाउदै वडा सदस्यहरु हिमला घिमिरे, समिता मिजार, प्रेम बहादुर घिमिरे, अमृत थापा र वडा सचिव दिवाकर वाग्ले लगायतकाले सरकारी स्तरबाट होस या नागरिक स्तरबाट हरेक क्रियाकलापमा अपाङ्गताको विषयलाई समेटिनु पर्ने र सबै क्षेत्रमा अपाङ्गताको समानुपातिक र सम्मानजनक सहभागिता नै आजको आवश्याकता रहेकोले आ–आफ्नो ठाँउबाट सहयोग गर्ने प्रतिवद्धताका साथ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निडाका कार्यक्रम संयोजक भवि थापाले यस कार्यले अपाङ्गता भएका व्यक्तिहरुलाई व्यावसाय प्रति उत्प्रेरित गर्न, रोजगारीको अवस्था सिर्जना गरी आर्थिक स्तर वृद्धि गराई स्वावलम्वी बनाउन र अन्य व्यक्ति सरह समाजमा एकिकृत गर्न यस कार्यको ठुलो भुमिका रहने बताउदै तालिममा सिके अनुरुप व्यवहारमा उर्तान अनुरोध गर्नु भएको थियो ।

चार हजार बराबरको ११ जना विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको उक्त कार्यक्रममा स्वावलम्वन समुहका सचिब गजेन्द्र अधिकारीले कार्र्यक्रम बारे जानकारी गराउनु भएको थियो भने निडाका सुपरभाईजर हरिकृष्ण अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Back to top button