
एेजेन्सी,
आफ्नो अनुहार कतिपय बेला कुनै सिनेस्टार, राजनेता या अन्य सेलिब्रिटीसँग मिल्न गए दङ्ग पर्छन्।
यसो हुनु राम्रै हो, सोसल मिडियामा सक्रिय कलाकारहरूले पनि तपाईंको अनुहार कुन सेलिब्रिटीसँग मिल्छ भन्ने ठम्याउन सहयोग गर्न सक्छन्।
तर यस्ता कलाकारहरूले कहिले काहिँ नराम्ररी झुक्याइदिन्छन्। कहिलेकाँही ती कलाकारहरू तपाईंसँग अनुहार मिल्ने कुनै जनावर खोजेर साझा गरिदिन सक्छन् । यसो गर्नका लागि उनीहरूले फोटोसप या यस्तै अन्य कम्प्युटर प्रोग्रामको सहायता भने लिनु पर्ने हुन्छ ।
तर अमेरिकामा एउटा यस्तो कुकुर भेटिएको छ जसको अनुहार दुरुस्तै मान्छे जस्तो छ। यो कुनै फोटोसप गरिएको अनुहार होइन बल्कि योगी नाम गरेको यो कुकुर अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने महिला च्यान्टल डेस्जार्डिन्सको हो ।
भर्खर मात्र एक वर्ष पुगेको योगीका केही तस्बिर डेस्जार्डिन्सले केही दिन अघि सामाजिक संजालमा पोस्ट गरेपछि तत्कालै भाइरल भएको थियो ।