पालुङ्टार नगरपालिकामा भूकम्प पछिको पुन निर्माण र पुर्नस्थापना सदाचार कार्यक्रम गरिंदै ।

पालुङ्टार नगरपालिकामा ट्रान्सपारेन्सी इन्टरनेशनल नेपालको भूकम्पपछिको पुन निर्माण र पुन स्थापना सदाचार कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपलिकाको पुन निर्माण गतिविधीहरुमा देखा परेका विभिन्न किसीमका समस्याहरु र त्यहाँका नागरिकहरुले भोगिरहनुपरेका विभिध समस्याहरु र त्यहाँका नागरिकहरुले भोगिरहेका समस्याहरुमाथि सरोकारवाला निकायहरुले सम्बोधन, सहजीकरण तथा छलफल गर्ने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागीएको छ । पालुङटार नगरपालिकाको कार्यालयमा असार ७ गते विहीबारका दिन कार्यक्रम हुने नगरपालिकाका प्राविधीक प्रमुख अभि गुरुङले जानकारी दिनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले गोरखा लगायत अति प्रभावित १४ जिल्लाहरुमा भूकम्प पछिको पुननिर्माण भैरहेको क्रियाकलापहरुमा जबाफदेही र पारदर्शिता कायम गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, सामाजिक अभियन्ताहरु, नागरिक समाज, निजी व्यवसायीहरु, पत्रकार लगायतका सम्पूर्ण सरोकारवाला पक्षहरुसंग समन्वय गरी सचेतना अभिवृद्धि गरी सदाचारयुक्त समाजको परिकल्पना गर्दै बिगत डेढ बर्षदेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Back to top button