फ्रान्स र डेनमार्क विजयी सुरुवात, अर्जेन्टिना बराबरीमा रोकियो

विश्वकप फुटबलको तेश्रो दिन भएका ३ खेलमध्ये फ्रान्स र डेनमार्कले आफ्नो विजयी सुरुवात गरेका छन् भने अर्जेन्टिना पहिलोपटक विश्वकपमा सहभागी भएको आइसल्याण्ड सँग १-१ को बराबरीमा रोकिएको छ।
हिजो भएको समूह ग अन्तर्गतको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गरेका थिए। खेलको पहिलो हाफमा बराबरी रहेको अस्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो।
फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अस्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै माइल जेदिनाकले खेललाई बराबरीमा सीमित गराए। तर खेलको अन्तिम समयतिर ८१ औँ मिनेटमा फ्रान्सका पाउल पोग्वाले गोलका लागि पाएको सुन्दर अवसरलाई सदुपयोग गरेपछि अस्ट्रेलियाका लागि खेलमा निकै प्रेसर परेको थियो।

यसै गरी शनिबारको दोश्रो खेलमा अर्जेन्टिना र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। अर्जेन्टिनाका लागि सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए। तर उक्त खुसीलाई आइसल्याण्डले धेरै समय रहन दिएन । खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल गरेर अर्जेन्टिना लाई बराबरीमा रोके। खेलको धेरै समय अर्जेन्टिनाको बलियो पकड भएता पनि अर्जेन्टिनाले गोल भने गर्न सकेन। यसै गरी हिजो राति भएको अर्को खेलमा डेनमार्क ले पेरुलाई १-० ले हराएको छ।
आज बिहान भएको पहिलो खेलमा क्रोएसियाले निजेरियलाई २-१ गोलले हराएको छ।
आजको दोस्रो खेल जर्मनी र मेक्सिकोबीच बेलुका पौने ९ बजे र तेस्रो खेल ब्राजिल र स्वीटजरल्याण्डबीच राति पौने १२ बजे हुने छ ।

Back to top button
Close