रसिया विश्वकपको दोस्रो खेलमा उरुग्वे विजयी

रसिया विश्वकपको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । प्रतियोगिताको दोस्रो र शुक्रबारको पहिलो खेलमा इजिप्टमाथि उरुग्वेले १–० को जित दर्ता गरेको हो।

उरुग्वेका लागि खेलको अन्तिम समय ८९ औँ मिनेटमा जोसे गिमिनेजले गोल गरेका हुन् । यसअघिका केही उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसकेपनि जोसेले गोल गर्दै उरुग्वेलाई विजयी बनाएका हुन् ।

Back to top button