साविक उच्च मा.वि.(हाल कक्षा ११ र १२) मा अध्यापनरत शिक्षकहरु एउटै छाता निर्माण गदै ।

हिस्टान र यूनियनका बीच कार्यगत एकता गर्ने उद्धेश्यका साथ हिस्टानको केन्द्रिय कार्यालय ललितपुरमा बसी एक कार्यदल निर्माण गरेको छ । साविक उच्च मा.वि.(हाल कक्षा ११ र १२) मा अध्यापनरत शिक्षकहरुको विभिन्न संगठन भए पनि आगामी दिनमा एउटै संगठन निर्माण गरेर अघि बढनुपर्ने महसूस गरी एकता गर्न लागिएको हिस्टानको केन्द्रिय अध्यक्ष पुष्प राज न्यौपानेले बताउनुभयो । संगठनात्मक एकताका लागी आधार तयार गर्नको लागी दुवै संगठनका तर्फबाट वरिष्ट उपाध्यक्षहरुको नेतृत्वमा ५र५ सदस्यीय कार्यदल गठन गरिएको छ । जसबाट संयुक्त मागपत्र समेत तयार भइरहेको बताइएको छ । जसमा हिस्टानका तर्फबाट ऋषिराम कंडेल, विक्रम पोख्रेल, उज्ववल अधिकारी, अर्जुन प्रकाश भुषाल र सानुबाबु घिमिरे र युनियनका तर्फबाट बालकृष्ण कंडेल, प्रल्हाद गौतम, नारायण गौतम, शंकर तिवारी र दिपेन्द्र रहेका छन । सकारात्मक रुपमा छलफल अघि बढिरहेको र छिटै एकताका लागी नेतृत्व समेत टुङ्गो लगाइ संगठन एकता गरिने र साझा मागहरु अघि बढाइने हिस्टानका अध्यक्ष पुष्पराज न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker