नेपालको एकमात्र लक्ष्मीनारायण धाम मा ३ दिने महायज्ञ सम्पन्न

 

27 jestha
भीमसेन थापा गाउँपालिका  आरुघाट अमिलिचौरमा नारणपुराण अन्तर्गत ३ दिने पुरुषोत्तमा महात्मीय ज्ञान महायज्ञ सम्पन्न भएको छ । लक्ष्मीनारायण धाम विकास समितिका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै आरुघाट क्याम्पसका क्याम्पस प्रमुख डा.बीरेन्द्र पुडासैनी ले नेपालको एकमात्र धाम प्रचार प्रसारको अभावमा ओझेल परेको हुँदा यसलाई नेपाल मात्र नभई विश्वभरको हिन्दुहरुको माझ चिनाउन आवश्यक रहेका बताउनुभयो । ब्यासाचार्य बन्दीपुरका गोविन्द रेग्मीको मुखारविन्दुबाट बाचन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधीका तर्फबाट सीत पुडासैनी, भक्तजनका तर्फबाट शररदचन्द्र खनाल, बुढिगण्डकी विकास केन्द्रका अध्यक्ष चित्र कुमार श्रेष्ठ, लक्ष्मीनारायण धाम विकास समितिका सचिव नेत्र प्रसाद पुडासैनी लगायतकाले मन्तव्य राखेक थिए । धार्मिक महत्वको ऐतिहासिक ठाउँ आरुघाटमा रहेका एकमात्र लक्ष्मीनारायण धाम को प्रचार प्रसार गरी धार्मिक र ऐतिहासिक रुपमा यस क्षेत्रलाई विकास गरी पर्यटन विकासमा समेत योगदान पुर्याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको डा. विरेन्द्र पुडासैनीले जानकारी दिनुभयो । कार्यक्रम जेठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो ।

Back to top button