
भगवती कंडेल
आज भन्दा शताब्दी औं बर्ष अघिदेखि चलि आएको पितृसत्तात्मक सोच भएको समाजको सोच अहिलेको २१ औं शताब्दीसम्म पनि परिवर्तन हुन सकेको छैन हुन त यो सोच परिवर्तन गर्नको लागि विभिन्न संघ संस्था साथै विभिन्न निकायले प्रयास त गरिरहेकै छन् तै पनि २० को १९ भयो होला तर १४-१५ सम्म आएको महसुस मैले गर्न पाएको छैन ।
विभिन्न खालको शासन आयो विभिन्न खालको सत्ता परिवर्तन आयो लोकतन्त्र आयो गणतन्त्र आयो यसले गर्दा झन् सोच परिवर्तन गर्न झन् कठिन भएको महसुस मलाई भईरहेको छ । राजा फेरीए, प्रधानमन्त्री फेरिए तर पितृसत्तात्मक समाजको सोच फेरिएन ।
पहिले पहिले मान्छे श्रीमान् मरेपछि जिउँदै लगेर पोल्ने या भनौं सती जाने प्रथा थियो । हिजो आज हेर्दा मलाई त्यति बेलाको प्रचलन मन पर्न थालेको छ । किनकी पहिले श्रीमान् संगै जल्थे सकिन्थ्यो त्यसपछि कुनै पिडा हुँदैनथ्यो । तर अहिले शरीर जिउँदो रहेता पनि पटक पटक मन जलेर पटक पटक मेरेको देखेको छु । जब एउटा महिला जुनसुकै रुपले एकल हुन्छ उसलाई हेर्ने आँखा फरक हुन सक्छ ।
अलि गैर जिम्मेवार छोरा हुने हो भने छोराको ब्यवहार फरक हुन्छ पर छिमेकीको त कुरै गर्न परेन । एकल महिलालाई हेर्ने तरिका देखि अचम्म लाग्छ मलाई एक त उखान छ नि जब गरिब हुन्छ तब चोर र जब एकल हुन्छ तब बोक्सी ।
यो उखान मात्र सुनेको थिएँ मैले मेरै आँखा अघि थुप्रै घटना देखें मैले । जसमा एकललाई हेर्ने दृष्टिकोण त छँदै छ समाजको जब उ उमेरले पाको भएपछि एकल भयो भने बोक्सी र अलि जवानीमा एकल हुँदा हेर्ने तरिका अलि फरक छ समुदायको ।
मलाई अलि उमेर पुगेको एकलको चर्चा गर्न मन लागेको छ पहिला किनकी यो घटना मैले प्रत्यक्ष देखेको र भोगेको पनि छु किनकि यो घटना मा म जानकार भएकाले यो घटना जोड्ने जमर्को गर्दै छु ।
खै कहाँबाट सुरु गरी कहाँ लगि टुङगिन्छ यो कुरा मलाई पत्तो भएन तै पनि यो पिडा कहाँ पोखौं पोखौं लागेर यसरी पोखेको छु कुरा भर्खरै ६/७ महिना अगाडिको हो म घर जाँदा आमाले भन्नुभएको पल्लो घरे छिमेकीले मलाई बोक्सी छ भन्दै नचाहिने कुरा गर्दै हिड्छ रे , यति की मैले हेंरे भने उसका सबै काम विग्रिन्छ रे, यति कि उसको केही समय अगाडि एउटा भैंसी मरेको थियो रे त्यो पनि मेरो आमा उसको घर गएर भैंसीलाई हेरेर मेरेको रे ।
अनि बाटामा भएको सार्वजनिक धारा घरको आँगनमा लगेर मेरो धारामा पानी लिन नआइज बोक्सी बुढी भनेर बाबु आमा छोरा छोरी बुहारी सबैले भन्दा रहेछन् ।
अनि समुदायमा पनि २-४ जना ब्यक्ति संग यस्तो हल्ला गरेको रहेछ भन्दै आमा रुनु भयो मैले भने नआत्तिनु उजुर गर्दिनु न उजुर लाग्छ म पनि भनौंला भनें र सान्त्वना दिएं अझ गजब कुरा के छ भने जसले मेरो बुवा विते पछि मेरो आमालाई बोक्सी भन्दै हिंड्यो उक्त मान्छे मेरो बुबा हुँदा मेरो बुबासंगै बसेर मेरै आमाको हातले बनाएको खानेकुरा खान्थ्यो ।
राति १० बजेसम्म बसेर गफ गरेर जान्थ्यो । तर अहिले जब मेरो आमा एकल भएपछि बोक्सी भनेर भन्दा कति न्यायोचित हुन्छ होला, यदि मेरो आमा बोक्सी भएको भए पहिले पनि हुनु पर्ने यदि अहिले बोक्सी भएर त्यसको भैंसी मर्यो भने त्यत्रो गाउँभरी अनावश्यक रुपमा हल्ला फिँजाउँदै हिंड्दा उसलाई पनि मार्न सक्नुहुन्थ्यो होला यदि बोक्सी नै भएको भए ।
कस्तो होेला यो समाजमा बस्ने ब्यक्तिको सोच ! कति सम्म निच हुन्छ मान्छेको सोच भने छिमेकमा बाख्राले साँधको घाँस खाएको निहुँमा तँलाई ठिक्क पर्यो भन्छन् यस्तो छ सोच समाजमा बस्ने सामाजिक प्राणीको यति सम्म की आफु त्यो ठाउँमा भएको भए के गरी बाँच्थे होला, हाँस्थे होला, भनेर १ मिनेट १ सेकेण्ड पनि सोच्न सक्दैन तर अर्कालाई भन्न पर्यो भने कति सजिलै भन्छन् ।
उसले पाउने मायाँबाट बन्चित भएको छ, उ उसको साहारा विहिन छ, उसको जिम्मेवारी बढेको छ भने उसले यसलाई कसरी ब्यवस्थापन गर्यो होला कति पिडा भयो होला एकल भएर बस्दा उसलाई भनेर १ मिनेट सोच्न त कता हो कता झन् यस्तो उस्तो भन्न कति सहज छ मान्छेलाई मर्ने र्नै चोला हो कसलाई थाहा हुन्छ कसलाई कतिबेला के हुन्छ भन्ने कुरा कहिले हुन्छ यो समाजमा परिवर्तन ?
यो समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरा बताउँछ । के श्रीमान् नहुने महिला बोक्सी हुन्छ भन्ने के प्रमाण छ । यसको जवाफ कसले दिन्छ ? को छ यसको जवाफदेही ?
मैले यो घटना घरायसी भएर मात्र जोड्न खोजेकी होइन यो एकल महिलालाई हेर्ने नजरबारे चर्चा गरेकी हुँ । यो मेरो आमासंग सम्बन्धित भयो भने ? यस्ता हजारौं आमा रोएको देखेको छ मेरो आँखाले के एकल भएर बस्न कुनै महिलालाई रहर लाग्छ होला र ?
के एउटा महिलाको दोष हुन्छ र योे त मेरो घरायसी भयो भने अस्ति मात्रै राष्ट्रिय रुपमा एकल महिला माथि घटेको घटना ताजै छ राष्ट्रपति विद्यादेवी भण्डारी माथि लगाइएको आरोप जो महिला हो र एकल पनि हो ।
एउटा एकल महिला मन्दिर पस्दा मन्दिर विटुलो भयो भनेर पाठ पढाएर पानीले पखालेर चोखो बनाएको देखिएको छ एकल महिला पसेर मन्दिर विटुलो हुन्छ या अशुद्ध हुन्छ भनेर कहाँ कुन धर्म शास्त्रमा लेखिएको छ यो मलाई हेर्न मन छ ।
एकल महिला मन्दिर पसेर वा समाजी भाषामा भन्दा विधुवा महिला मन्दिर पसेर पिटुलो भयो भनेर पाठ पढाएर पानीले पखालेर शुद्ध बनाउको टुलुटुलु हेरेर बस्छ सम्बन्धित निकाय किन चुपचाप बस्छ यो सरकार वा सम्बन्धित निकाय कसले दिन्छ यसको जवाफ, कुन निकायले दिन्छ यसको जवाफ मलाई सोध्न मन छ ।
यदि यो घटना राष्ट्रपति रामवरण यादव माथि भएको भए के हुन्थ्यो होला, युुसरी नै चुपचाप रमिता हेरेर बस्थ्यो होला सरकार ? अहँ हुन्नथ्यो होला पहिलो कुरा यहाँ पुरुषमाथि सकेसम्म औंला उठाइंदैन यदि उठ्यो भने त्यसमा सबैको चासोको साथ समाधान गरिन्छ तर महिला माथिका घटना भने प्राय यस्तै नै देखेको छ मेरो आँखाले ।
के एकल महिला को कुनै संसार हुंदैन । उनीहरुको कुनै ब्यक्तिगत काम इच्छा चाहना हुँदैन होला ? राष्ट्रको जिम्मा लिएर बसेको एउटा ब्यक्तिमा थि यस्तो छ भने यो पितृसत्तात्मक सोच भएको एउटा दुर्गममा बस्ने महिलाको हालत के हुन सक्ला ?
मैले यस्ता एकल भएर पिडा भोगेर रोएको धेरै देखेको छु, जसलाई साथ दिएर सहयोग गर्नु पर्ने छ उसलाई टाढा बनाउन खोज्छ यो समाजले, जसलाई मायाँको आवश्यकता छ मायाँ दिंदैन यो समाजले र त्यही समाजमा बसेको एउटा परिवारले ।
अझ श्रीमान् वितेको हो भने घर परिवारले त मेरो फलानो आफन्तलाई खाईस् तँ अलाच्छिनी तँ यस्ती उस्ती भनेर दिनरात सराप्न पछि पर्दैन । के जो संग जीन्दगी विताउन आउँछ उसलाई नै मार्छन होला महिलाले , खान्छ होला के महिला राक्षस हो र ? यही प्रश्न एउटा पुरुष माथि उठ्दैन यही त होला पुरुष प्रधान समाज को उपाधि ।
मलाई यो घटना बारे लेखिरहँदा कलम रोकिन चाहेन र अझै एउटा घटना को याद आयो जुन एकल महिलाकै हो आज भन्दा २ बर्ष अगाडिको हो ।
म एउटा नेतृत्व विकासको तालिममा जाँदा एक जना सहभागीले भन्नु भएको कुरा एकदम मनमा लाग्यो उहाँ दश बर्षे द्धन्दबाट एकल भएको ५/६ बर्ष भएको रहेछ उहाँको १ छोरा पनि छ ।
त्यसको केही समयमा दाइ पनि एकल हुनुभएको रहेछ दाईले क्रिया गर्न बस्दा भेट्न आउने मान्छे हरु भन्दै थिए अब एकल बस्न हुन्न चोखिए पछि तैले सोच्नु पर्छ यो बच्चाको लागि भनेपनि विवाह गर्नू पर्छ भनेर हौसला दिंइदै थिइयो
जो आए पनि त्यही सुन्थे मैले मेरो दाईलाई भनेको हुन पनि दाईले पछि विहे गर्नु भयो २ वटा ससुराली आउने जाने रमाइलो छ ।
दाईको तर त्यही समाज त्यही इष्टमित्र ६ बर्ष अघि म एकल हुदा भेट्न आउने कसैले विहे गर्नु पर्छ भन्ने हौसला सम्म पनि दिएनन् मलाई यति सम्म फरक हुँदो रहेछ मान्छेको सोच भनेपछि कति धेरै पितृसतात्मक सोचबाट गुज्रिएको छ हाम्रो समाज महिला एकल भए तिमीले यही बच्चालाई हेरेर जिवन काट्नुपर्छ भन्ने समाज पुरुष एकल भयो भने तिमीले यही बच्चाको लागि भएपनि विहे गर्नुपर्छ भन्छ ।
यो समाज भनेपछि कति सम्म विभेद छ यहाँ एउटा घरमा दाजुभाई छुट्निुपर्दा अँगालो हालेर रुने दाजुभाइ केही समय पछि भाइको मृत्यु भएपछि बुहारीलाई हेला गर्ने गरेको र त्यही घरकी आमाले त्यही छोराको श्रीमती र छोराछोरीलार्य अंश नदिएर मुद्धा लडेको देखेको छ यो आँखाले के यो हुनुमा उनको श्रीमतीको कुनै दोष छ ?
के उसको श्रमिानेले पैसा कमाएर ल्याउँदा त्यो बुहारी जाती छोरा मरेपछि त्यही बुहारी नजाति भने यो सोच कहिले सम्म त कमाई छउन्जेल संगै बस्न मन लाग्ने कमाइ गर्ने मान्छे नभएपछि अधिकार पनि दिन नखोज्ने कति सम्म को सामन्ती सोच ।
त्यस्तै छ पितृसत्तात्मक सोच र समाजमा हुर्केका मान्छेको सोचमा परिवर्तन आउने दिन कहिले होला चिन्ता लाग्छ मलाई किनकी यो बाट महिला पिडित भएर पिल्सिएको देखेको छु ।
अझ रोचक के छ भने एउटा अधबैंसे वा जवान महिला एकल हो भन्ने थाहा पाउने वित्तिकै गिद्धे सोच भएका हरुको सोच अर्कै भएको पनि मैले देखेको छु । जो एकल भएर पिडामा छ उसलाई झन् पिडा थप्न पछि पर्दैनन् यही समाजका केही ब्यक्ति ।
जसले एकल महिलालाई प्रोत्साहन होइन हतोत्साहित गरेको देखेको छु । यति सम्मकी एउटा जवान महिला एकल देख्ने वित्तिकै उसलाई हरेक किसिमले यातना दिने पिडा दिने दु:ख दिने गरेको देखेको छु ।
यति सम्म की उ एकल भएपछि उसको एकमात्र आवश्यकता शारीरिक सम्बन्ध लाई जोडेर विभिन्न प्रकारका दु:ख दिएको थुप्रै उदाहरण देखेको छु मैले एउटा महिला एकल भउपछि उसका जिम्मेवारी, उसको चिन्ता कति हुन्छ महसुस नगरी आफ्नो ब्यक्तिगत फाईदा लुट्न आतुर हुने मान्छे हरुको कमी छैन यो समाजमा ।
चाहै त्यो सर्वसाधरण मान्छे किन नहोस् चाहे कुनै राजनितिक दलको ब्यक्ति किन नहोस् , चाहे त्यो जुन सूकै पदको जो सुकै ब्यक्ति होस् कोही अछुतो छैन जस्तो लाग््छ मलाई ।
उसलाई दुःख मा सघाएर सहयोग गरौं भन्ने भन्दा झन् दु ःख दिनेको कमी छैन यहाँ । त्यसैले यस्ता सोचहरुको अन्त्य हुनुपर्छ त्यस्ता अपराधिलाई तुरुन्त कार्वाही हुनुपर्छ कागजमा लेखेर मात्रै नमुना संविधान हुँदैन ब्यवहारमा उतारेर नमुना भन्दा राम्रो होला ।
त्यसैले महिला पुरुष दुबैलाई हेर्ने आँखा को पावर बराबरी हुन जरुरत छ । यो समय छिट्टै आएर महिलाहरुको मनको आँशु नझरोस् साथै अब आउने समयमा महिला पुरुष कसैको मनको आँशु नझरोस् ….शुभकामना ।