“ब्यूटी विथ ब्रेन”, ब्राड पिटकी नयाँ प्रोफेसर गर्लफ्रेन्ड

काठमाडौँ, ११ वैशाख  ।

हलीउडमा अहिले सम्मको सवै भन्दा चर्चामा रहेर छुट्टीएका जोडीमा नायक ब्राड पिट र एंजोलीना जलीको रहेको छ । हालै पिटको जिन्दगीमा एक नयाँ शुन्दरीले प्रवेश गरेकी छिन् ।

जर्ज क्लूनी पछि ब्राड पिटले पनि आफ्नो नयाँ जोडीको रुपमा ब्यूटी विथ ब्रेन महिलालाई चुनेका छन् ।डेली मेल पत्रिकाका अनुसार,पिट कथित रूपमै आर्किटेक्चरमा अवार्ड जीत्न सफल एक प्रोफेसरसँग डेट गरीरहेका छन् ।

इजराइलमा जन्मीएकी प्रोफेसर नेरी अक्समेन र ब्राड पिटको जोडीलाई इंटरनेटमा पनि रुचाईएको छ ।मानिसहरु नेरी अक्समेनलाई रक स्टार प्रोफेसर जस्तो ठान्दछन् ।क्याम्ब्रीजको मेसाचुसेट्स इंस्ट‍िट्यूट अफ टेक्नोलजीबाट ड‍िजाइन कम्युटेशनमा पीएचडी होल्डर हुन् ।

उनर्ले प्रतिष्ठ‍ित कार्नेजी प्राइड अफ अमेरिका अवार्ड प्राप्त गरेकी छन् ।अक्समेनको पनि पूर्व पति सँग डिभोर्स भईसकेको छ ।नेरी अक्समेनको पूर्व पति असवाल्डो जोरीजोव एक अरबपति धनाढ्य तथा म्युजीक कंपोजर हुन् ।उनले छुट्टीएपनि नेरी ब्राडकी पूर्व पत्नी एंजोलीना जली भन्दा शुन्दरी हुन् भनी दावी गरेका छन् ।

Back to top button