
क्यानडा, ११ बैशाख ।
क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त सडकमा जथाभावी चलाउँदा कम्तीमा ९ जना ज्यान गएको छ।
भ्यानको ठक्करबाट १६ जना घाइते भएका छन्। यात्रुलाई जथाभावी ठक्कर दिने चालक त्यसपछि भागेको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ। चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको क्यानडा प्रहरीले जनाएको छ।