दुई हप्तामा सय करोड कमाइ, बाहुबलीको रेडर्क तोड्ने तयारीमा

काठमाडौँ, १० वैशाख।

२०१८ को अहिलेसम्मको बक्स अफीस कलेक्शनको कुरा गर्दा टलिउड फिल्म सबैभन्दा अगाडि देखिएको छ।  तपाइँले हामीले कुन फिल्मको कुरा गरेको भन्ने नबुझ्नु भएन होला। र, अभिनेतालाई पनि राम्रोसँग चिन्नु हुन्न होला। तर, सिनेमा प्रेमी भएका नाताले के बुझ्न जरुरी छ भने भारत अने नेनूले दुई दिनमा सय करोडको व्यापार गरेको छ। फिल्मको मुख्य भूमिकामा छन् अभिनेता महेश बाबू।

यो फिल्म बाहुबलीजस्तै निकै चर्चित भइरहेको छ। के पनि चर्चा भइरहेको छ भने यो फिल्मले बाहुबलीको सबै रेकर्ड तोड्छ। फिल्मको बक्स अफिस कलेक्शनलाई लिएर विश्लेषक तरण आदर्शले ट्विट गरेका छन्।

भारत अने नेनू यही हप्ता शुक्रबार रिलीज भएको हो। बाहुबलीलाई छोड्ने हो भने यो टलिउडको सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्म लगातार हाउसफूल भइरहेको छ। भारतमा मात्र होइन विदेशमा पनि यो फिल्मले राम्रो कमाइ गरिरहेको छ। अमेरिकामा पनि यो फिल्मले पहिलो हप्तामा २० लाख डलर कमाइ गरेको छ।

Back to top button
Skip Add
Close