अनिल कपुर र माधुरी दीक्षित १८ वर्षपछि ठूलो पर्दामा

मुम्बई, ९ वैशाख ।

बलिउड अभिनेत्री माधुरी दीक्षित लगातार आफ्ना पुराना को–स्टार्ससँग फिल्ममा काम गरिरहेकी छन्। जोसँग कुनै बेला उनको जोडी दर्शकले निकै मन पराएका थिए। संजय दत्तसँग उनी २१ वर्षपछि फिल्म ‘कलंक’ मा दर्शकमाझ आउँदैछिन् भने अनिल कपुरसँग उनको फिल्म ‘टोटल धमाका’ को लुक सार्वजनिक भएको छ। यो फिल्ममा माधुरी र अनिल कपुरको जोडी १८ वर्षपछि ठूलो पर्दामा देखिने भएको छ। अनिल कपुर र माधुरी दीक्षितले अन्तिम पटक फिल्म ‘लज्जा’ मा सँगै काम गरेका थिए। फिल्म टोटल धमाकाका निर्देशक इन्द्र कुमार हुन्। र यो फिल्मको शुटिङ सुरु भएको छ।

फिल्मका बारेमा ट्विट गर्दै अनिल कपुरले लेखेका छन, ‘शुटिङको पहिलो दिन निकै रमाइलो अनुभव भयो। टोटल धमाकाको शुटिङ सुरु भएको छ। म, माधुरी र इन्द्र कुमार २६ वर्षपछि एकैसाथ फिल्ममा काम गरिरहेका छौं। तर, हाम्रो क्षमता त्यस्तै छ, जुन फिल्म बेटाको समयमा थियो। यो सफर निकै रमाइलो हुनेवाला छ।’

निर्देशक इन्द्र कुमारले भनेका छन्, ‘फिल्म बेटाको २६ वर्षपछि हामी तीन जना एक पटक फेरि साथमा शुटिङ गरिरहेका छौं। यो ब्लाकब्स्टर फिल्मलाई लिएर हामी सबै निकै उत्साहित छौं।  फिल्मलाई लिएर म यो भन्दा धेरै भन्न सक्दिन। यो फिल्ममा अनिल कपुरको नाम अविनाश हो र हामी सबैले उनलाई अवि भनेर बोलाउने गर्छौं।’

Back to top button