काठमाडौं, ९ बैशाख ।
आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ ।
शुक्रबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।
साताको अन्तिम दिनझैं आइतबार पनि बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।