काठमाडौँ, ९ वैशाख ।
फेसबुक, म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिङ्क र पोष्ट देख्नुभयो ? यस्तो भिडियोरूपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । यदि तपाइले त्यो भिडियोरुपि भाइरस क्लिक गर्नुभयो भने तपाइका सबै फेसबुकका साथिहरुलाई आफै भिडियो बनेर गएकाे समेत हुन्छ ।
यो एउटा उदाहरणका लागी मात्र हो हामी आजकल फेसबुक तथा इन्टरनेटमा देखिने सबै खालका फर्महरु समेत भर्ने गर्दछौ ताकि तिनिहरु सबै एक न एक खालका भाइरसहरुनै हुन् ति तपाइकाे सुचना तान्नकै लागी पठाइएकाे हुन्छ ।
फेसबुकमा यस्ता लिङ्क देख्नुभएमा ख्याल गर्नु है, यस्ता लिङ्क असुरक्षित हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिङ्क पठाउने गरेका छन् ।
यदि तपाईंको फेसबुकलगायतका सामाजिक सञ्जालका एकाउन्टमा यस्ता गतिविधि देख्नुभयो भने त्यस्ता लिङ्क क्लिक नगर्नुहोस् । यस्ता लिङ्क क्लिक गर्दा तपाईंको फेसबुक, ट्वीटरलगायतका एकाउन्ट ह्याक हुन सक्छन् ।
निम्न सुरक्षाका उपाय अपनाउनुहोस्
१) फेसबुकमा आउने यस्ता शङ्कास्पद लिङ्क वा भिडियो लिङ्क क्लिक नगर्ने
२) मोबाइल, ट्याबलेट, ल्यापटपलगायतका डिभाइसमा एन्टिभाइरस राख्ने ।
३) फेसबुकमा आएका लिङ्कबाट अनलाइन फाराम नभर्ने । अनलाइन फाराम भर्नुपरेमा आधिकारिक वेबसाइटमा गएर मात्र भर्ने ।
४) फेसबुकमा देखिने सामग्री आफूलाई शङ्कास्पद लागेमा रिपोर्ट गर्ने ।
५) नियमित रूपमा फेसबुकको पासवर्ड परिवर्तन गर्ने ।
६) फेसबुकमा प्रयोग हुने एपहरूको प्रयोग गर्दा सजग हुने । फेसबुकमा भविष्य बताउने, जोडी मिलाउने, व्यक्तित्व बताउने लगायतका विभिन्न एप उपलब्ध हुन्छन्, यी सबै एप सुरक्षित नहुन सक्छन् ।