सेभियाबिरुद्ध ५ गोल गर्दै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

एजेन्सी, ९ बैशाख ।

फाइनल खेलमा बार्सिलोनाले सेभियालाई ५–० गोलले हराएर लागतार ४ सिजन कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा बार्सिलोनाले चिर प्रतिद्धन्द्धी सेभियालाई सहजै हराएको हो ।

खेलमा बार्सिलोनाको लागि १४ औं मिनेटमा कोउटिन्होको पासमा लुईस स्वारेज, ३१ औं मिनेटमा जोडी अल्बाको पासमा लियोनल मेसी, ४० औं मिनेटमा लियोनल मेसीको पासमा लुईस स्वारेज तथा ५२ औं मिनेटमा लियोनल मेसीको पासमा आन्द्रेज इनियष्टा, ६९ औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

बार्सिलोनाले सिजन २०१४–१५ को सिजनदेखि लगातार रुपमा यो उपाधि जितिरहेको छ । सिजन २०१४–१५ मा एथ्लेटिक बिल्बाओलाई ३–१ गोलले, सिजन २०१५–१६ मा सेभियालाई अतिरिक्त समयमा २–० गोलले तथा सिजन २०१६–१७ मा आलाभेजलाई ३–१ गोलले हराएर कोपा डेल रेको उपाधिमा ह्याट्रिक गरेको थियो भने । भने केहीबेरअघि सम्पन्न खेलमा पनि सेभियालाई फाइनलमा ५–० गोलले हराएर बार्सिलोनाले लगातार ४ पटक कोपा डेल रेको उपाधि जितेको हो ।

Back to top button
Close