एजेन्सी, ९ बैशाख ।
विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा दोस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शनिबार बेलुका घरेलु मैदानमा भएको खेलमा दिल्ली डियर डेभिल्समाथि बैंग्लोरले ६ विकेको जित दर्ता गरेको हो ।
उनले हारको संघारमा पुगेको टिमको बागडोर सम्हाले । उनले मात्रै ३९ बलमा १० चौका र पाँच छक्काको सहयोगमा नटआउट ९० रन बनाए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १७४ रन बनायो । उसका लागि ऋशव पन्तले ४८ बलमा ८५ तथा श्रेयस आय्यरले ३१ बलमा ५२ रन बनाए पनि हार टार्न सकेनन् ।
यो खेलमा पनि दिल्लीका सन्दीप लामिछानेले खेल्न पाएनन् । पाँच खेलमा दोस्रो जित दर्ता गरेको बैंग्लोर चार अंकसहित पाँचौँ स्थानमा छ । दुई अंक मात्रै जोडेको दिल्ली पुछारमा छ ।