मोदी मे २१ मा नेपाल भ्रमण आउने

काठमाडौं, ८ बैशाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्।  हिन्दुस्तान टाइम्सले यो समाचार लेखेको छ ।  नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ ।  मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ । २०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए ।  मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ।  संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ। शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् ।

यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।  भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए।

Back to top button
Skip Add
Close