सुँगुरको टोकाइबाट वृद्धको मृत्यु

धनकुटा, ८ बैशाख ।

छथर जोरपाटी गाउँपालिकामा सुँगुरको टोलाइबाट वृद्धको मृत्यु भएको छ। वडा नम्बर ४ तेलियाका ६२ वर्षीय छत्रबहादुर लिम्बूको सुँगुरको टोकाइबाट मृत्यु भएको हो।

छिमेकी तेजबहादुर लिम्बूको घरबाट सुँगुर लाँदै गर्दा तिघ्रामा टोकेपछि अत्याधिक रक्तश्रावका कारण उनको घटनास्थल नजिकै मृत्यु भएको प्रहरी चौकी सिधुँवाका सई धनलाल श्रेष्ठले जानकारी दिए।

लिम्बू एक्लै भएकाले प्राथमिक उपचार समेत नपाएका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ। सुँगुर लिएर गएको केही समयपछि सुँगुर फर्केर तेजबहादुरको घर आएपछि खोजी गर्दा छत्रबहादुर मृत अवस्थामा फेला परेको स्थानीयले बताए।

Back to top button