
नवराज ज्ञवाली, पाल्पा ५ बैशाख ।
हामी सबैको इच्छा, आधारभूत तहमा अनिवार्य निशुल्क शिक्षा’ भन्ने नारा सहित यो वर्षको विद्यालय भर्ना अभियान सुरु भएको छ ।
सरकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई आधारभूत तहको शिक्षालाई निशुल्क दिने निती अनुसार यो वर्ष पनि भर्ना अभियान थालेको छ ।
विद्यालय भर्ना अभियान सँगै भर्नालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले शिक्षासँग सरोकार राख्ने सबैलाई भर्ना अभियानमा सहयोग गर्न आव्हान गरेको छ ।
बालबालिकाहरुलाई विद्यालय भर्ना नगराउने र भर्ना गराएर पनि विद्यालय नपठाउने त्यस्ता कुनै अभिभावक जिल्लामा रहेको भए त्यस्ता अभिभावकको लागत संकलन गर्न समेत आग्रह गरेको छ ।
शैक्षिक वर्ष २०७४ अनुसार पाल्पा जिल्लामा १०२ जना उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर रहेको र ती १०२ मध्ये २ न.पा र ८ गा.पा रहेको छ ।
जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार रामपुर न.पा ३६, ता.न.पा ८, रिब्दीकोट गा.पा ३, रैनादेवी छहरा गा.पा १६, तीनाऊ गा.पा १०, बगनासकाली गा.पा ६, रम्बा गा.पा ७, माथागडी गा.पा २, पूर्वखोला गा.पा २, नीस्दी गा.पा १२ गरी १०२ जना उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयका अधिकृत महेन्द्र सुवेदीको भनाइ रहेको छ ।
जिल्लामा सरकारको निशुल्क शिक्षाको अनिवार्य कार्यन्वयनका लागि जिल्ला शिक्षा कार्यालयले नितिगत रुपमै कार्यन्वयनका लागि अघि बढेको र कार्यन्वयनको क्रममा केही समस्या समेत रहेको अधिकृतले जानकारी गराए ।
त्यस्तै सरकाले निशुल्क शिक्षा दिदादीदै पनि जिल्लामा र स्थानिय तहमा विद्यालयमा विद्यार्थी टिकाइराख्न नसकेको अवस्था रहेको जानकारी गराए । त्यस्तै शैक्षिक वर्ष ०७४ को भर्ना दर ९९% रहेको र १% मात्रै विद्यार्थी विद्यालय बाहिर रहेको अधिकृत सुवेदीको भनाइ रहेको छ ।
यसमा विभित समस्याहरु रहेका छन् । गरीबी, अपहेलना, घरेलुकामदारको रुपमा रहनु नै समस्याका विषय हुन । यसलाई समाधान गर्न शिक्षासँग सरोकार राख्ने सबैको सहभागितामूलक उपस्थित भएमात्र समस्या समाधान गर्न सकिने उहाँको भनाइ रहेको छ ।