व्यवस्थापन गर्न नसक्दा ३ वर्ष देखी गणेशको मूर्ति अलपत्र

नवराज ज्ञवाली, पाल्पा ५ वैशाख ।

तीन वर्ष अघि पाल्पाको तानसेनमा भित्रयाइएको गणेशको मुर्ति टुडिखेलमा अलपत्र परेको छ । प्रदेश नं। ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित र तानसेन नगरपालिका पाल्पाका मेयर अशोक कुमार शाहीको सहयोगमा ३ वर्ष अघि जिल्लामा भित्रयाइएको गणेशको मूर्ति टुडिखेलको विचमा अलपत्र अवस्थामा छ ।

मुर्तिलाई तानसेन १० तेल्घा स्थित गुफाचौरमा राख्ने गुरु योजना रहेको थियो । गुफाचौरलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने योजनाका साथ आर्थिक जुटाउन एक महिना सम्म दैनिक पुजाआजा समेत गरिएको थियो ।
ढुङगामा कुँदीएको बहुमुल्य गरगहनाले सजाइएको मूर्ति ६ टन तौल, १८ फिट उचाई र ८ फिट चौडाईको छ । गुफाचौरमा राख्ने योजना रहेपनि मूर्ति लैजाने बाटो र आर्थिक अभावका कारण ढिलाई भएको मूर्ति प्रतिस्थापन समितिका कोषाध्क्षय गोपाल प्रसाद श्रेष्ठले बताए ।
गुफाचौरका योजनाकार स्थापित मन्त्रि र शाही मेयर भए पछि गणेशको मूर्तिलाई तेल्घा लौजाना ढिलाइए भएको हो । यता मेयर अशोक कुमार शाहीले मन्दिर निर्माणको कार्यमा आर्थिक अभाव भएपनि बैशाख महिना भित्र मूर्तिको व्यवस्थापन गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker