सलमान खानलाई नेपाल आउन बाटो खुल्यो

काठमाडौं, ५ बैशाख ।

बलिउड अभिनेता सलमान खानलाई नेपाल आउने बाटो खुल्ला भएको छ । सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो ।

अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश जान सक्नेछन् ।  उनले अदालतमा निवेदन दिएर चार देश जाने अनुमति मागेका थिए । अभिनेता सलमान २५ मेबाट १० जुलाईसम्म क्यानाडा, नेपाल र अमेरिकाको यात्रा गर्ने भएका छन् ।

कृष्णसार शिकार मामिलामा सलमानलाई पाँचवर्ष कैद सजाय सुनाइएको छ । उद्यपि उनी दुई दिन जेल बसेर अहिले जमानतमा रिहा भएका छन् । अदालतले जमानत दिँदा सलमानले कयौं शर्तहरुको पालना गर्नुपर्ने बताएको थियो ।
सलमान खान अहिले आगामी फिल्म ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यसका साथै उनले केही दिन अघि अली अब्बास जफरका साथ फिल्म ‘भारत’ को पनि छायांकन शुरु गरेका थिए ।

Back to top button
Close