पालुङटारमा बाल कक्षा शिक्षिकहरुका लागि 5 दिने तालिम सम्पन्न

पुस 16 गते

पालुङटार नगरपालिका नगरशिक्षा कार्यालयको आयोजनामा नगरपालिकाभित्र सञ्चालन भएका इसिडि कक्षामा अध्यापन रत शिक्षिकाहरु का लागि पाँचदिने सामग्री निर्माण तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

साना बालबालिकाहरुका लागि खेलको विधिबाट कक्षामा पढाइ सञ्चालन गर्नको लागि उपयोगी हुने भएका कारण यस्तो तालिम सञ्चालन गरिएको जनाइएको छ समापन समारोहमा बोल्दै प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले तालिममा सिकेका कुरालाई कक्षाकोठामा व्यवहारिक रुपमा उतार्न निर्देशनसमेत दिनुभएको थियो ।

तालिमको समापन समारोहमा नगर उपप्रमुख बन्दना पान्डे नगरशिक्षा शाखाका प्रमुख माधव पोख्रेल लगायतको उपस्थिति रहेको थियो । पालुङ्गटार नगरपालिकाको भवानी माध्यमिक विद्यालयमा सञ्चालन भएको पाँचदिने कार्यशालामा साङगो लामा र विमला श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बालबालिकाहरूका लागि खेलको माध्यमबाट र कक्षा कोठामै खेल corner बनाएर खेलका स्थानीय सामग्रीहरूको प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गरी सहजै रूपमा कक्षाकोठामा बालबालिकाहरूलाई सहभागी गराउन सकिने र यसबाट उनीहरूको सर्वाङ्गीण विकासमा समेत सहयोग पुग्ने भएका कारणले गर्दा यो तालिम उपयोगी भएको तालिममा सहभागी एक शिक्षिका सम्झना माझीले बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.