के के कुरा भयो ? बालुवाटारमा ओली–प्रचण्ड वार्ता

काठमाडौं, ३ वैशाख  ।

दुई वाम घटकको एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको छ ।

दुई नेताबीचको वार्ता वाम एकतामा केन्द्रि भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जामनकारी दिए । ‘दुई नेताबीच डेढ घण्टासम्म एकल वार्ता भयो’, अधिकारीले भने, ‘दुई दलको एकतामै केन्द्रित भएर कुराकानी भएको छ ।’

एकतामा जाँदा नेता व्यवस्थापन गर्नुपर्ने बाध्यताले तनावमा परेका माओवादी अध्यक्ष दाहाल ओलीसँगको वार्ता छल्दै आराम गर्न आइतवार सुटुक्क सुकुटे पुगेका थिए । तर, त्यहाँबाट उनी सोमबार बिहानै काठमाडाँै आएर सीधै बालुवाटार पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात वैशाख ९ गते दुई दलबीच एकता गर्ने यसअघिको सहमति नेता व्यवस्थापन हुन नसक्दा कार्यान्वय हुने सम्भावना लगभग टरेको छ ।

यो अवस्थामा दुई नेताबीचको वार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । वैशाख ९ को मिति करिब टर्ने अवस्था आएपछि एकताको अर्को मितिबारे दुवै दलले सहमति जुटाउन सकेका छैनन् ।

Back to top button